बैंकिङ कसूर मुद्दाका फरार दुई जना पक्राउ  « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार दुई जना पक्राउ 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका-८ गौंथलिचोक बस्ने २७ वर्षीय नवीन केसी छन् । उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाटनबिनलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो । 

पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भई फरार रहेका थिए । नवीन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रुपैयाँ क्षतिपुर्ती ठहर भई फरार रहेका  थिए । 

पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ भने नवीनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १२ : ५१ बजे

पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

बागमती– नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइँदै 

काठमाडौं– काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस नेपाल लगायत

सवारीमा बालबालिका सुरक्षाको नयाँ मापदण्ड: अगाडि बस्न नपाइने, १३५ सेन्टिमिटरको उचाइ मानक

काठमाडौँ– सरकारले साना सवारी साधनमा यात्रा गर्ने बालबालिकाको सुरक्षाका लागि

दुर्घटनामा स्कुटर चालकको मृत्यु

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर