दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. बालुवाटारमा सहमति जुटाउँदै कार्यदल 
सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । आज बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको नेताहरूले बताएका छन् । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभए पनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरूको दाबी अस्वाभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरूको भनाइ छ । कार्यदलले सहमति–असहमति सबै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति हुन नसकेका विषयमा शीर्ष नेताले नै निर्णय गर्ने तयारी छ ।

२. सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधि टोलीबीच भेटवार्ता 
नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि टोलीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डानियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि टोलीले आज बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो । भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरेका छन्।

३. प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम रहनुपर्छ :  मोहनविक्रम सिंह
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्न गठबन्धन अपरिहार्य रहेको बताएका हुन् । गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्त्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेको र हिन्दु राष्ट्र कायम गर्ने लाइनमा ओली गएको उनको आरोप छ । त्यसका लागि ओलीले भारतसँग समेत गहिरो साँठगाँठ गरेको उनको भनाइ छ ।

४. विद्यार्थी लक्षित चेकिङमा १२ सय ४१ जना विद्यार्थी कारबाहीमा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङमा हालसम्म १२ सय ४१ जना विद्यार्थी कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकामा गत साउन ३० गतेबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म उक्त संख्यामा विद्यार्थी चालकलाई कारबाही गरिएको हो । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तर्गत आज बिहान मात्र ३९ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ ।

५. मालपोत कार्यालयको सेवा यथावत् राख्नुपर्ने माग गर्दै प्रदर्शन
बाराको सिम्रौनगढ नगरपालिकामा हालै सञ्चालनमा आएको मालपोत कार्यालयबाट सेवा लिन अपायक भएको भन्दै महागढीमाई नगरपालिका बासिन्दाले सदरमुकाम कलैया केन्द्रित आन्दोलन जारी राखेका छन् । यसअघि महागढीमाई नगरपालिका वडा नम्बर– ९ पिप्रा बिर्ताका बासिन्दाले जिल्ला सदरमुकाम कलैयामा सुरु गरेको प्रदर्शनमा आज सुवर्ण र देवताल गाउँपालिकाका सेवाग्राही पनि सहभागी बनेका हुन । उनीहरूले पनि कलैयाबाट सारेर सिम्रौनगढ क्षेत्रमा राखिएको सेवाको विरोध जनाएका छन् ।

६. कर्णाली स्वास्थ्य प्रतिष्ठानका ६० जनाले दिए राजीनामा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर र कर्मचारीहरूले सामूहिक राजीनामा दिएका छन् । उपकुलपति मंगल रावल समक्ष सामूहिक राजीनामा बुझाएका ६० जना डाक्टर र कर्मचारीहरूले आजबाट इमरजेन्सी बाहेकका सबै सेवा ठप्प पारेको जनाइएको छ । भदौ २ गते इमरजेन्सी विभागमा कार्यरत डाक्टर करण साहमाथि कुटपिटको घटना भएपछि सामूहिक राजीनामा दिएको चिकित्सकहरूले बताएका छन् । भदौ २ गते डा. शाहमाथि इमरजेन्सी कक्षमा प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

७. दक्षिण भियतनाममा भीषण आगलागीमा ३२ जनाको मृत्यु
दक्षिणी भियतनामको होची मिन्ह सहर नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी ३२ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । मंगलबार राति प्रतिष्ठानको माथिल्लो तल्लामा आगलागी हुँदा ग्राहक र कर्मचारी अलपत्र परेका थिए । चार जना दोस्रो र तेस्रो तल्लाबाट हाम फालेर ज्यान जोगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।  १७ पुरुष र १५ महिलासहित ३२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

८. रुसी नियन्त्रणमा रहेका केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा आएको युक्रेनको दाबी
रुसको नियन्त्रणमा रहेका केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई सुखद समाचार को संज्ञा दिएका छन् । यद्यपि जेलेन्स्कीले कुन–कुन ठाउँहरू फिर्ता लिएको भन्ने नखुलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भिडियो सम्बोधनमार्फत राष्ट्रपति जेलेन्स्कीले युद्धमा सेनाले देखाएको बहादुरीको प्रशंसा गर्दै हरेक नागरिकले आफ्ना सेना प्रति गर्व महसुस गरिरहेको पनि बताएका छन् ।

९.  गण्डकी र मधेसबिचको खेल रद्द
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आज तय भएको गण्डकी प्रदेश र मधेस प्रदेशबीचको खेल रद्द भएको छ । वर्षाको कारण मैदान भिजेपछि गण्डकी र मदेसबिचको खेल रद्द भएको हो । खेल टस समेत नभई रद्द भएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आजै हुने एनआरएनए र सुदूरपश्चिम प्रदेशबिचको उद्घाटन खेल भने ६ ओभरमा घटाइएको छ ।

१०. एसिया कपमा आज अफगानिस्तान र भारत भिड्दै 
युएईमा जारी एसिया कप क्रिकेटमा आज एक खेल हुँदैछ । सुपर चार अन्तर्गत आज हुने खेलमा भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा हुनेछ । एसिया कपबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जितको खोजीमा रहेका छन् ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १ : २१ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल