बहामासमा ‘बुल’ सार्कको आक्रमणबाट अमेरिकी महिलाको मृत्यु « Khabarhub

बहामासमा ‘बुल’ सार्कको आक्रमणबाट अमेरिकी महिलाको मृत्यु


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारेविअन सागरमा अवस्थित टापु मुलुक बहामासमा आफ्नो परिवारसँग समुद्रमा घुम्न गएकी एक अमेरिकी महिलाको सार्कको आक्रमणमा परी मृत्यु भएको छ ।

अमेरिकाको पेन्सिल्भेनिया राज्यकी ५८ वर्षीया महिलालाई बहामासको राजधानी नासाउ नजिकै रहेको ग्रीन के समुद्रमा सार्कले आक्रमण गरेको शाही बहामियन प्रहरीले जनाएको छ ।

मृकको नाम क्यारोलाइन डिप्लासिडो रहेको अमेरिकी टेलिभिजन एनबीसीको अनलाइन संस्करणले जनाएको छ ।

पाँचदेखि सात जनाको समूहमा रहेका बेला उनलाई बुल सार्कले आक्रमण गरेको शाही बहामियन प्रहरी उपरीक्षक क्रिस्लिन स्किपिङ्ग्सिलाई उद्धृत गर्दै एनबीसीले जनाएको छ ।

‘टुर अपरेटरहरू र परिवारका सदस्यहरूले महिलालाई बचाउने प्रयास गरे’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, तिनीहरू असफल भए जसको कारण महिलाको शरीरको देब्रे भागमा गम्भीर चोट लागेको थियो ।

उनलाई समुद्रबाट बाहिर ल्याउदा उनी मृत भइसकेको प्रहरीले जनाएको छ । सार्कले महिलामाथि गरेको आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ४ : २९ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो