म नराम्रो विचार बोकेको मान्छे होइन : गायक परियार « Khabarhub

म नराम्रो विचार बोकेको मान्छे होइन : गायक परियार


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कारको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आफ्नो व्यापक आलोचना भएपछि गायक शिव परियार प्रतिरक्षामा उत्रेका छन् । 

गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुरा यति हो-म नराम्रो बिचार अनि व्यवहार बोकेको मान्छे हुँदै होइन, प्रहार गर्नेहरूको असंख्य प्रहार खप्दै यात्रा जारी राखिन्छ ।’ उनले आज बिहान आफ्नो फेसबुक पेजमा नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी रहेको लेखेका थिए ।  

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियारले फेसबुक पेजमा सो कुरा उल्लेख गरेका थिए । 

त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो । धेरैले आलोचना गरेपछि उनले दिउँसो फेसबुकमा पुनः अर्को स्टाटस राख्दै नराम्रो विचार भएको मान्छे नभएको बताएका हुन् । 

गायक परियारले आज बिहान फेसबुक पेजमा लेखेका थिए, ‘नेपाल सरकार, यो पेशेवर पीडित भनौदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नी ? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने  देखियो, कृपया अनुसन्धान होस् ।’ 

अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार, संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, समाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने धारणा समेत उनले बिहान फेसबुकमा राखेका थिए । 

‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी  देख्दैछु म । कृपया यति बेला सबै बर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु । अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस् तर देशका सबै आइकनलाई सिध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरी र अदालत सबै निकाय यस विषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्छु,’ उनले भनेका थिए । 

उनी यत्तिमै रोकिएका थिएनन् । उनले बिहान फेसबुकमा थप लेखेका थिए, ‘तर दुःखी आत्माहरुले आफ्नो प्रसिद्धी, प्रतिष्ठा एउटा नाबालिग प्रशंसकप्रति यौनको भोक मेटाउन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार ।’

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : १२ बजे

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले

जिफन्टको निष्कर्ष : सरकारबाटै श्रमिकको अधिकार खोस्ने प्रयास भइरहेको छ

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मे दिवस २०२६

बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना

काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिनपछि

वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष

खड्काले बोलाएको बैठकमा गएनन् डा. शेखर र उनीनिकट नेताहरू

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगलबार धुम्बाराहीमा