जनयुद्धदेखि अहिलेसम्म ममाथिको प्रहार रोकिएको छैन : प्रचण्ड | Khabarhub Khabarhub

जनयुद्धदेखि अहिलेसम्म ममाथिको प्रहार रोकिएको छैन : प्रचण्ड


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन्।

बिहीबार काठमाडौँमा सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले काठमाडौँमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताएका हुन्।

माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिद्धाउनुपर्छ भन्नेहरू सक्रिय रहेको उनको भनाइ छ । उनले जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता रहेको भन्दै जनयुद्धको बाँकी एजेण्डा पुरा गर्नका लागि आफू निरन्तर संघर्षमा रहेको धारणा राखे ।

उनले नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलो पटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइनुटमा सही गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले उक्त लडाई गठबन्धनबीच अहिले पनि जारी रहेको बताए।

कार्यक्रममा कम्युनिष्ट ऋषि कट्टेलले कम्युनिष्ट आदर्शलाई बिर्सन नहुने धारणा राखेपछि प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई फुटाउने काम ऋषि कट्टेलबाटै भएको तर्क गरे।

उनले आदर्शका कुरा गर्न सजिलो हुने तर व्यवहारमा उतार्न कठिन रहेको बताए। कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको स्मृति ग्रन्थ विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ३३ बजे

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध

हेलिकप्टरबाट काठमाडौँ पठाइएका शिशुको उपचारका क्रममा मृत्यु

खोटाङ– जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा

जंगल क्षेत्रले ओगट्यो कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक

काठमाडौंं– राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०-२०२२ राष्ट्रिय

काठमाडौँका विद्यालयमा सटर हटाउने अभियान : अधिकांश बन्द, केही स्टे अर्डरले रोकिए

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालय परिसरमा सञ्चालित अनधिकृत सटर हटाउने

आयोनले ल्यायो ‘द एक्स्ट्राअर्डिनरी अफर’, ८ लाख सम्मको छुट पाइने

काठमाडौं– आयोनले ‘द एक्स्ट्राअर्डिनरी अफर’ नामक प्रोमोशनल अफर सार्वजनिक गरेको