चरेससहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

चरेससहित दुई भारतीय नागरिक पक्राउ


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीबाट लागूऔषध चरेससहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४  वर्षीय लालेश्वर चौधरीलाई लागूऔषध चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मंगलबार राति ९ बजे गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ५ : ५९ बजे

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका