पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुँदा यात्रु मारमा « Khabarhub

पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुँदा यात्रु मारमा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पानी पर्नेबित्तिकै फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यातायातका साधन अलपत्र पर्नुका साथै यात्रु मारमा परेका छन् । काठमाडौँको शङ्करापुर नगरपालिका सेल्फी डाँडामा बाटो हिलो हुँदा यातायातका साधन पानी पर्नेबितिक्कै फस्ने गर्छन् ।

यहाँ अहिले सडकको काम भइरहेको छ । यस सडक हुँदै मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा इन्द्रावती जाने सवारीसाधन चल्ने गरेका छन् । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले त्यहाँका जनप्रतिनिधि र ठेकेदारवालासँग पटकपटक सडक मर्मतका लागि आग्रह गर्दासमेत बेवास्ता गरेका कारण यस रुट हुँदै चल्ने सवारीसाधनले दैनिक यस्ता समस्या भोग्नुपरेको बताए ।

बुधबार गाडी फस्दा दिनभरि अलपत्र परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राम गोलेले गुनासो गरे । ठेकेदारले ध्यान नदिँदा यो ठाँउबाट गाउँगाउँ जाने र बेलैमा गन्तव्य पुग्नका लागि हिँडेका यात्रु बाटो बन्द भएसँगै मारमा परेका छन् । मेलम्ची नगर प्रमुख तामाङले यातायातका साधन सहजरूपमा आवतजावत गर्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे ।

शङ्करापुर नगरपालिका प्रमुख रमेश नापितले ठेकेदार तथा सडक डिभिजन कार्यालयमै पटकपटक आग्रह गर्दा पनि काम नभएको बताए । ठेकदारले आफ्नो ठेक्का अवधि बाँकी रहेको भन्दै नटेरेको पनि नापितले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : २३ बजे

‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’

नेपालका दिग्गज अर्थ-राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्री वालेन्द्र शाह र

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा