मर्चवारवासीलाई सडकको सास्ती « Khabarhub

मर्चवारवासीलाई सडकको सास्ती


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – साथीको जन्मदिनको पार्टीमा सरिक हुन भैरहवा जाँदै गरेका सम्मरीमाई–३ पिपरहवाका अरूणकुमार सहानी मायादेवी–७ वनगाईबाट घर फर्किनुप¥यो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले अधिग्रहण गरिराखेको मर्चवारको मुख्य बाटोमा उनी चिप्लिएर हिलाम्मे भई फर्किनुपर्दा पार्टीमा सहभागी हुन पाएनन् ।

सम्मरीमाई–७ बस्ने अरविन्द लोधको व्यथा पनि उस्तै छ । विसं २०७८ असारमा वडा नं ३ भटौली जान निस्कीएका उनको मोटरसाइकल सम्मरीमाई–५ थुम्हवास्थित मुख्य बाटोमा बन्द भयो । दानव नदीको बाढी पानीले नदेखिने बनाएको सडक खाल्डोमा मोटरसाइकल स्टार्ट बन्द हुँदा इञ्जिनमा पानी पसेर बिग्रियो ।

छोरीको आँखा उपचारका लागि रण अम्बिका आँखा अस्पताल भैरहवा जाँदा मर्चवारी–३ का दिलीप बरइ कोटहीमाई–७ परसहवा पुग्दा हिलाम्मे भए । विपरीत दिशामा गुडिरहेको पिकअप भ्यानले उनीमाथि सडकमा जमिरहेको पानी छ्यापेपछि उनी घर फर्केर कपडा परिवर्तन गर्दासम्म दुई घण्टाभन्दा बढी समय खर्चिनुप¥र्यो ।

अरूण, अरविन्द र दिलीप त प्रतिनिधि पात्र मात्र छन् । त्यहाँ समस्या न झेलेकाहरू भेट्न गाह्रो छ । जिल्लाको सदरमुकाम जोड्ने एकमात्र सडकको अवस्था जीर्ण भएपछि सर्वसाधारणको आवतजावतमा समस्या थपिएको छ । केही वर्षअघि गरिएको कालोपत्र फुटेर दर्जनभन्दा बढी ठाउँमा खाल्टाखुल्टी परेका छन् । अरूणले भने, ‘भत्किएका र हिलाम्मे सडकमा जोखिम मोलेर भए पनि यात्रा गर्नुपर्ने बाध्यता छ ।’

दिलीपले सडकमा रहेको खाल्टोकै कारण दुर्घटनामा पर्दा दाहिने हात भाँचिएको सुनाए । हिलो र धुलो नेपाली सडकको पहिचान नै हो । रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार र लुम्बिनीको दुरावस्था पनि भिन्न छैन । सडक ठाउँठाउँमा टुटेका र भत्केका छन् । खाल्टाखुल्टी परेको सडक मर्मतसम्भारको अभावमा मर्चवारवासी सास्ती खेप्न बाध्य छन् । यात्रा गर्दा दर्जनौँले दुर्घटना भोगेका छन्, कैयौँको पोशाकमा हिलो छ्यापिएको छ । हल्का पानी पर्दा सडकमा ताल खेलेको जस्तो देखिन्छ ।

खाल्टाखुल्टी र भत्किएका सडकका कारण सवारी यात्रा कष्टप्रद छ । तीन गाउँपालिकासहित मायादेवीको वडा नं ५, ६ र ७ जोडिएको यो क्षेत्रमा एउटा मात्र प्राथमिक स्वास्थ्य केन्द्र छ । तर विशेषज्ञ चिकित्सक कमै मात्र बस्छन् ।

यो क्षेत्रका १५ स्वास्थ्यचौकी र पाँच आधारभूत स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी सेवा दिन सकेका छैनन् । आकस्मिक घटना–दुर्घटना निम्तिए खाल्टाखुल्टी सडककै कारण सदरमुकाम भैरहवास्थित सुविधासम्पन्न अस्पताल पु¥याउन ढिलो हुन्छ । झन्डैै दुई सय वर्ग किमी क्षेत्रफलमा फैलिएको मर्चवारमा सवा लाखभन्दा बढी मानिसको बसोबास छ ।

यो क्षेत्रले विसं २०१४ साउन ११ देखि कात्तिक १४ सम्म डा केआइसिंहलाई प्रतिनिधिका रूपमा प्रधानमन्त्री, त्यसपछि दीपक बोहरा, निरञ्जन थापा र सर्वेन्द्रनाथ शुक्ललाई विभिन्न महत्वपूर्ण मन्त्रीका रूपमा पटकपटक पाएको छ । यसै क्षेत्रबाट चुनाव जितेर प्रदेशसभा सदस्य भएका वसिउद्दीन खाँ अहिले लुम्बिनी प्रदेश सरकारको मन्त्री भएका छन् ।

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : ५३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा