बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका काठमाडौं महानगरपालिका- २६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका-८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पुरूषोतमलाई काठमाडौं गोंगबुबाट र नबिनलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट पक्राउ गरेको हो । पुरूषोतम बैंकिङ कसूर मुद्दामा ४० लाख रुपैयाँ विगो ठहर भई फरार रहेका थिए । साथै नबिन बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ जेठ २४ गतेको फैसलाले ५ दिन कैद, ५ लाख २५ हजार जरिवाना र २१ हजार रूपैयाँ क्षतिपूर्ती ठहर भई फरार रहेका थिए ।

पुरूषोतमलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने नबिनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ९ : ०१ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा