कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग | Khabarhub Khabarhub

कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुलाई एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ ।

नेपाल सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा आज पत्रकार सम्मेलन गरेर राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वषौँदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गुनासो गरेको छ ।

सङ्घीय शिक्षा ऐन आएपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक तहका रूपमा कानूनी मान्यता हुने भएकाले युनियन त्रसित भएको छ । युनियका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको रोजगारीको सुरक्षा र सुनिश्चितताका लागि कुनै पहल नभए त्यस अवस्थामा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

उनले उक्त तहमा पढाउने शिक्षकलाई माध्यमिक द्वितीय तहका हुनेगरी एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने, प्रतिस्पर्धामा भाग लिएर असफल हुने वा भाग नलिनेका लागि सेवाबाट हटाउन नहुने तथा उचित निवृत्तिभरण हुनुपर्ने माग गरे । हाल उक्त तहमा तीन हजार पाँच सय विद्यालय, सात लाख विद्यार्थी र करिब १४ हजार शिक्षक रहेका छन् ।

युनियनका पूर्वअध्यक्ष पुष्प न्यौपानेले यसअघि अर्थमन्त्री, शिक्षामन्त्री र सम्बद्ध निकायलाई ध्यानाकर्षण दिइसकेको जानकारी दिए । उनले अब सांसदहरुलाई ध्यानाकर्षण गराउने जनाउँदै दोस्रो चरणमा यही भदौ २६ गतेदेखि ३० गतेसम्म विरोधका प्रचारात्मक कार्यक्रम गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : २५ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा संसदीय समितिका बैठक

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दैछ ।

आज ४३औँ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज

भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक

काठमाडौं – वर्षाले प्रभावित भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा एकांश

गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा

लण्डन – बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य