४४ जनामा सिकलसेल संक्रमण पुष्टि « Khabarhub

४४ जनामा सिकलसेल संक्रमण पुष्टि


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेको कोहलपुर नगरपालिकाले सिकलसेलको नमूना परीक्षण सुरु गरेको छ । एक महिनादेखि कोहलपुर नगरपालिकाका १५ वटै वडामा सिकलसेलका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

आज कोहलपुर–२ मा सिकलसेलको नमूना परीक्षण गरिएको कोहलपुरका स्वास्थ्य शाखाका प्रमुख अनिल सेनले बताए । उनका अनुसार थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी कोहलपुरमा के कति मात्रामा छन् भन्ने विषयमा बुझ्नका लागि गाउँगाउँमा गएर सिकलसेल एनमियाको नमूना परीक्षण र उपचार भइरहेको छ ।

कोहलपुर नगरपालिकाका सिकलसेल स्थानीय स्रोत व्यक्ति शिव गौतमले कोहलपुरमा २२ हजारभन्दा बढीको सङ्ख्यामा थारु समुदाय रहेको बताए । ‘कोहलपुरमा १० हजार नमूना परीक्षण गरिसक्यौँ’, उनले भने, ‘तीमध्ये ४४ जनामा सिकलसेल, २० जनामा विटाथालेसेसिया र आठ सय ३१ जनामा बहाक रोग देखिएको छ ।’

वडाध्यक्ष हरि कठायतले विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरी घरघरमा नै सेवा प्रवाह गर्नेतर्फ वडा कार्यालय लागेको जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : ३२ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि