अफगानिस्तानविरुद्ध भारतको फराकिलो जित « Khabarhub

अफगानिस्तानविरुद्ध भारतको फराकिलो जित


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टि२० एसिया कप २०२२ को सुपर फोर अन्तरगतको खेलमा भारतले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ ।

विराट कोहलीको शतक र भुवनेश्वर कुमारको उत्कृष्ट बलिङको सहयोगमा भारतले अफगानिस्तानलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै भारतको एसिया कप यात्रा पनि सकिएको छ ।

जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन बनायो । अफगानिस्तानका ईब्राहिम जद्रानले ५९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।

राशिद खान १५ र मुजिब उर रहमानले १८ रन बनाउन बाहेक अफगानिस्तानका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ५ विकेट लिए । अर्शदीपसिंह, रविचन्द्रन आश्विन र दीपक हुडाले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

भारतका विराट कोहली ६१ बलमा १२ चौका र ६ छक्कासहित १ सय २२ रनको अविजित शतकीय इनिङ खेले । कप्तान लोकेश राहुल ४१ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । रोहित शर्मालाई विश्राम दिँदा राहुलले भारतको कप्तानी गरेका थिए।

अफगानिस्तानका फरिद अहमदले ४ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । भारत र अफगानिस्तान भने सुपर फोरबाट बाहिरि सकेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : १६ बजे

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको