अफगानिस्तानविरुद्ध भारतको फराकिलो जित | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध भारतको फराकिलो जित


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टि२० एसिया कप २०२२ को सुपर फोर अन्तरगतको खेलमा भारतले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ ।

विराट कोहलीको शतक र भुवनेश्वर कुमारको उत्कृष्ट बलिङको सहयोगमा भारतले अफगानिस्तानलाई १ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै भारतको एसिया कप यात्रा पनि सकिएको छ ।

जितको लागि २ सय १२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन बनायो । अफगानिस्तानका ईब्राहिम जद्रानले ५९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।

राशिद खान १५ र मुजिब उर रहमानले १८ रन बनाउन बाहेक अफगानिस्तानका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले ४ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ५ विकेट लिए । अर्शदीपसिंह, रविचन्द्रन आश्विन र दीपक हुडाले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

भारतका विराट कोहली ६१ बलमा १२ चौका र ६ छक्कासहित १ सय २२ रनको अविजित शतकीय इनिङ खेले । कप्तान लोकेश राहुल ४१ बलमा ६ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । रोहित शर्मालाई विश्राम दिँदा राहुलले भारतको कप्तानी गरेका थिए।

अफगानिस्तानका फरिद अहमदले ४ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । भारत र अफगानिस्तान भने सुपर फोरबाट बाहिरि सकेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : १६ बजे

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी

कञ्चनपुर– भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–

भारतको राजस्थानसँग आज पहिलो खेल खेल्दै नेपाल

काठमाडौं – नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरूको स्वास्थ्य र सुविधालाई लक्षित