तनहुँका १८० घरधुरीमा खानेपानी समस्या « Khabarhub

तनहुँका १८० घरधुरीमा खानेपानी समस्या


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ – गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ ।

व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो ।

बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको उक्त समितिले जनाएको छ । धारामा पानी नआएपछि स्थानीयबासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिए ।

त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ । व्यास नगरपालिका–१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकोले पानी बितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए ।

उक्त समितिले व्यास नगरपालिका–१ का दुई हजार छ सय घरधुरीमा पानी बितरण गर्दै आएको थियो। लामो दूरीबाट ल्याइएको खानेपानीको पाइप हालैको अविरल बर्षाका कारण पाइपमा क्षति पुर्‍याएकाले मर्मत गरी चाँडो पानी सञ्चालन गर्ने योजना रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले सुनाए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ०९ बजे

शिल्पा शेट्टीसँग जोडिएको ‘बास्टियन’ रेस्टुरेन्टमा आयकरको छापा

काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग जोडिएको चर्चित ‘बास्टियन’ रेस्टुरेन्टमा भारतको

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना

तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत

विराटनगर– सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज

वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्छौँ : श्रममन्त्री

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारको

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार