सत्ता गठबन्धनसँग निर्णायक वार्ताका लागि लोसपाका नेताहरु बालुवाटारमा « Khabarhub

सत्ता गठबन्धनसँग निर्णायक वार्ताका लागि लोसपाका नेताहरु बालुवाटारमा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरिपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो ।

जसपा बाहिरिने सुइको पाउनेवित्तिकै सरकारमा जान र चुनावी तालमेल गर्न लोसपा बालुवाटार पुगेको थियो । लोसपालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ सिट दिने बताएको स्रोतले जनाएको छ ।

आज बिहान ८ बजे बैठकका लागि बोलाए पनि ९ बजेसम्म बैठक सुरु नभएको बालुवाटार पुगेका लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘अहिले हामी छलफलका लागि बालुवाटारमा आएका छौँ तर बैठक सुरु भएको छैन। कति सिट भन्ने अहिले छलफल हुन्छ’, उनले भने।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ०० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र