आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा « Khabarhub

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उनले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा  भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताए ।

सभामुख सापकोटाले भने, ‘आगामी निर्वाचनमा मेरो जित सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको  निर्णय गरेको हुँ । हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन । देश र जनताको हितका लागि अधिकतम समर्पित रहनेछु । अन्तिम घडीसम्म राजनीतिमै सक्रिय रहनेछु ।’

निरन्तर १५ वर्षसम्म जनप्रतिनिधिको भूमिकामा पुर्‍याउने मतदाता र  जनताप्रति आभार व्यक्त गर्दै उनले  आगामी दिनमा पनि जनताको समस्या र मुलुकको विकासका लागि सक्रियताका साथ काम गर्ने विश्वास दिलाए । सभामुख सापकोटाले भने, ‘मेरो यो निर्णय निरन्तरतामा  क्रम भङ्गता हो, आशा छ मेरो यो कदमले राजनीतिक रूपान्तरणका लागि नयाँ रक्त सञ्चार गर्नेछ ।’

सिन्धुपाल्चोकबाट २०६४, २०७० र २०७४ सालमा लगातार संसद् सदस्यमा निर्वाचित सभामुख सापकोटासँग यसअघि सूचना तथा सञ्चार र वन तथा भू- संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । विसं २०७६ माघ १२ गते उनी सर्वसम्मतमा सभामुखमा निर्वाचित भएका थिए ।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने उल्लेख गर्दै सो अवसरमा उनले अग्रगामी राजनीतिक अभियानमार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने अठोट व्यक्त गरे ।

सभामुख सापकोटाले भने, ‘राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु । राजनीतिक एवं सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उँचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिने छैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो ।’ 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ४ : १४ बजे

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर