नुवाकोटमा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर « Khabarhub

नुवाकोटमा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- विदुर नगरपालिका–५ मा आज अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् । बेलकोटगढी–१२ मदानपुरबाट दसैँको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता ९प्रहरी नायब उपरीक्षक० रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये १७ वर्षीय दिपेश गजुरेल बेलकोटगढी–१२ र १८ वर्षीय प्रवत सुवेदी बेलकोटगढी–६ र ६५ वर्षीय छविलाल रिमाल विदुर–१२, को टाउकोसहित शरीरको विभिन्न अङ्गमा चोट लागेकाले त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेमा ४४ वर्षीय सुदर्शन गजुरेल बेलकोटगढी–१२ उनको श्रीमती ४३ वर्षीया अप्सरा गजुरेल, छोरा १७ वर्षीय दीपेश गजुरेल, प्रवत सुवेदीको बुबा ३८ वर्षीय रामहरि सुवेदी बेलकोटगढी–६, छविलाल रिमालको छोरा १८ वर्षीय सागर रिमाल, ३४ वर्षीय बसन्त सिलवाल बेलकोटगढी–१२ उनको छोरी १६ महिनाको ऋतु सिलवाल रहेका छन् ।

यस्तै दुर्घटनामा परेर घाइते हुने अन्यमा १२ वर्षीय समीर ढकाल बेलकोटगढी–७, ४६ वर्षीया महेश्वरी पण्डित विदुर–१२ उनको छोरी १४ वर्षीया सुरक्षा पण्डित, सोही स्थानको १९ वर्षीया शर्मिला पण्डित र बोलेरो चालक २५ वर्षीय ठाकुर गजुरेल बेलकोटगढी–१२ रहेका छन् ।

प्रदेश ३–०१–०२३ च–९०३८ नं को बोलेरो गाडी अपराह्न १ः१० बजे विदुर नपा–५ स्थित माझीटार भन्ने स्थानमा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । सामग्री ढुवानी गर्ने उक्त बोलेरो गाडीमा एकै परिवारका सदस्य एवं आफन्त चढेर दसैँको टीका लगाउन बेलकोटगढी–१२ मदानपुरबाट बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ३७ बजे

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा