नुवाकोटमा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर « Khabarhub

नुवाकोटमा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- विदुर नगरपालिका–५ मा आज अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् । बेलकोटगढी–१२ मदानपुरबाट दसैँको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता ९प्रहरी नायब उपरीक्षक० रुपक खड्काले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये १७ वर्षीय दिपेश गजुरेल बेलकोटगढी–१२ र १८ वर्षीय प्रवत सुवेदी बेलकोटगढी–६ र ६५ वर्षीय छविलाल रिमाल विदुर–१२, को टाउकोसहित शरीरको विभिन्न अङ्गमा चोट लागेकाले त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेमा ४४ वर्षीय सुदर्शन गजुरेल बेलकोटगढी–१२ उनको श्रीमती ४३ वर्षीया अप्सरा गजुरेल, छोरा १७ वर्षीय दीपेश गजुरेल, प्रवत सुवेदीको बुबा ३८ वर्षीय रामहरि सुवेदी बेलकोटगढी–६, छविलाल रिमालको छोरा १८ वर्षीय सागर रिमाल, ३४ वर्षीय बसन्त सिलवाल बेलकोटगढी–१२ उनको छोरी १६ महिनाको ऋतु सिलवाल रहेका छन् ।

यस्तै दुर्घटनामा परेर घाइते हुने अन्यमा १२ वर्षीय समीर ढकाल बेलकोटगढी–७, ४६ वर्षीया महेश्वरी पण्डित विदुर–१२ उनको छोरी १४ वर्षीया सुरक्षा पण्डित, सोही स्थानको १९ वर्षीया शर्मिला पण्डित र बोलेरो चालक २५ वर्षीय ठाकुर गजुरेल बेलकोटगढी–१२ रहेका छन् ।

प्रदेश ३–०१–०२३ च–९०३८ नं को बोलेरो गाडी अपराह्न १ः१० बजे विदुर नपा–५ स्थित माझीटार भन्ने स्थानमा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । सामग्री ढुवानी गर्ने उक्त बोलेरो गाडीमा एकै परिवारका सदस्य एवं आफन्त चढेर दसैँको टीका लगाउन बेलकोटगढी–१२ मदानपुरबाट बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ३७ बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको