आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृत्यु « Khabarhub

आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

“क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।

विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ । शुक्रबारको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या रातारात तीनबाट बढेर सात पुगेको होे ।

आयरल्याण्डको पेट्रोल पम्प फोरकोर्ट र नजिकैको आवासीय भवनमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।

विष्फोटपछि खिचिएको तस्वीरमा पेट्रोल पम्पको भवन ध्वस्त भएको देखिएको छ । बिस्फोटका कारण दुई तल्ले आवासीय भवन भत्किएको थियो भने नजिकैको यस्तै भवनको अग्रभाग भत्किएको थियो ।

शनिबार बिहान स्थानीय चर्चमा आयोजित एक कार्यक्रममा फादर जोन जो डफीले आफ्नो समुदाय ’शोकको सुनामी’को चपेटामा परेको बताएका थिए।

बेलायतद्वारा सञ्चालित उत्तरी आयरल्याण्डसँगको सीमाको दुवैतिरबाट फायर सर्भिससहित आपतकालीन सेवाका धेरै गाडीहरू रातभर घटनास्थलमा नै रहेका थिए ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ११ : ०५ बजे

खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान

भक्तपुर– जनप्रेमी वर्ल्ड स्कुल भक्तपुरले आजदेखि सुरु गरेको जेडब्लुएस खेलकुद

विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको पहलो क्वालिफायरमा मंगलबार विराटनगर किङ्ग्स

एमाले नेतृहरूको आरोप : ओलीले पार्टीमा राजनीतिक महिला हिंसा गरे

काठमाडौं- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान अध्यक्ष केपी शर्मा

एउटा व्यक्ति एउटा सहकारीमा मात्रै सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौं– नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल