आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृत्यु « Khabarhub

आयरल्याण्डको पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

“क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।

विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ । शुक्रबारको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या रातारात तीनबाट बढेर सात पुगेको होे ।

आयरल्याण्डको पेट्रोल पम्प फोरकोर्ट र नजिकैको आवासीय भवनमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।

विष्फोटपछि खिचिएको तस्वीरमा पेट्रोल पम्पको भवन ध्वस्त भएको देखिएको छ । बिस्फोटका कारण दुई तल्ले आवासीय भवन भत्किएको थियो भने नजिकैको यस्तै भवनको अग्रभाग भत्किएको थियो ।

शनिबार बिहान स्थानीय चर्चमा आयोजित एक कार्यक्रममा फादर जोन जो डफीले आफ्नो समुदाय ’शोकको सुनामी’को चपेटामा परेको बताएका थिए।

बेलायतद्वारा सञ्चालित उत्तरी आयरल्याण्डसँगको सीमाको दुवैतिरबाट फायर सर्भिससहित आपतकालीन सेवाका धेरै गाडीहरू रातभर घटनास्थलमा नै रहेका थिए ।

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ११ : ०५ बजे

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।