रियलको सिजनको पहिलो हार « Khabarhub

रियलको सिजनको पहिलो हार


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ।

रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ।

यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल दुई पटक खेलमा फर्किए पनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो।

१३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ। मड्रिडको ३२ अंक छ।

बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक–एक गोल गरेका थिए। रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरे पनि हार टार्न सकेनन्।

अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २-० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : २४ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा