आत्महत्या प्रयासबारे प्रकाशको स्पष्टीकरण – म केही छिन हराउँनु मर्नु होइन « Khabarhub

आत्महत्या प्रयासबारे प्रकाशको स्पष्टीकरण – म केही छिन हराउँनु मर्नु होइन


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन्।

सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो।

तर, दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन्।

‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता, यहि कारण पनि म आफूले आफैलाई दुःखी बनाउँछु।

धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरेँ। म केहि छिन हराउँनु म मर्नु हैन नि।’

उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थे र यो शरीरलाई । गलत बुझाई तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु।’

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ५० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।