पूर्वमन्त्री राईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण « Khabarhub

पूर्वमन्त्री राईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।

स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधान ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था स्मरण गराइएको छ।

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरीविरुद्ध तपाईंले अपमानजनक अभिव्यक्ति दिनुभएको हो, होइन ?’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंले अध्यक्ष चौधरीविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम किन कारबाही हुनु नपर्ने हो ?

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ०१ बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई