अटो दुर्घटना हुँदा एक बालकको मृत्यु | Khabarhub Khabarhub

अटो दुर्घटना हुँदा एक बालकको मृत्यु


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

उदयपुर– अटो ब्रेक फेल भएर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । सगरमाथा लोकमार्गअन्तर्गत साउनेबाट गाईघाट आउँदै गरेको प्र।१-०५-००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा पाँच वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

क्षमताभन्दा बढी यात्रु लिएर साउनेबाट गाईघाट आउँदै गरेको प्र.१-०५-००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ त्रियुगा नगरपालिका– १४ दियालेमा दुर्घटना हुँदा नौजना घाइते भएको थियो । घाइतेमध्ये त्रियुगा नगरपालिका– ४ बगाहाका तीर्थ मगरको पाँच वर्षीय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले जानकारी दिए । 

दुर्घटनामा घाइतेहरूमा त्रियुगा नगरपालिका– ४ बगाहाका ४७ वर्षीय लीलाबहादुर मगर, ३३ वर्षीय लीला मगर, २६ वर्षीय बालिका मगर, त्रियुगा नगरपालिका– १५ का २९ वर्षीय मानबहादुर मगर, ४४ वर्षीय सहिबहादुर मगर, सहीबहादुरकी ४४ वर्षीया श्रीमती डिकमाया मगर, २० वर्षीय चेतना मगर र १५ वर्षीय राजकुमार मगर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

अटोमा क्षमताभन्दा बढी सवार रहेकाले पनि ब्रेक फेल भएको हुनसक्ने प्रहरीले जनाएको छ । साउनेबाट गाईघाटतर्फ आउँदै गरेको अटोको अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : ४८ बजे

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं– कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा

कर्मचारीको क्रेडिट कार्ड फ्रिज गर्ने ट्रम्पको निर्णय

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो क्याबिनेट

के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने

काठमाडौं– भगवान् शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस

आज मगर एकता दिवस, नवलपुरका स्थानीय तहमा सार्वजनिक बिदा

नवलपरासी– देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस

हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो

अफगानिस्तान – हमासले चार बन्दीको शव इजरायललाई हस्तान्तरण गरेको छ।