अटो दुर्घटना हुँदा एक बालकको मृत्यु « Khabarhub

अटो दुर्घटना हुँदा एक बालकको मृत्यु


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

उदयपुर– अटो ब्रेक फेल भएर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । सगरमाथा लोकमार्गअन्तर्गत साउनेबाट गाईघाट आउँदै गरेको प्र।१-०५-००१ ह ००२७ नम्बरको अटो दुर्घटना हुँदा पाँच वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

क्षमताभन्दा बढी यात्रु लिएर साउनेबाट गाईघाट आउँदै गरेको प्र.१-०५-००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ त्रियुगा नगरपालिका– १४ दियालेमा दुर्घटना हुँदा नौजना घाइते भएको थियो । घाइतेमध्ये त्रियुगा नगरपालिका– ४ बगाहाका तीर्थ मगरको पाँच वर्षीय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक लोकबहादुर दियालीले जानकारी दिए । 

दुर्घटनामा घाइतेहरूमा त्रियुगा नगरपालिका– ४ बगाहाका ४७ वर्षीय लीलाबहादुर मगर, ३३ वर्षीय लीला मगर, २६ वर्षीय बालिका मगर, त्रियुगा नगरपालिका– १५ का २९ वर्षीय मानबहादुर मगर, ४४ वर्षीय सहिबहादुर मगर, सहीबहादुरकी ४४ वर्षीया श्रीमती डिकमाया मगर, २० वर्षीय चेतना मगर र १५ वर्षीय राजकुमार मगर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

अटोमा क्षमताभन्दा बढी सवार रहेकाले पनि ब्रेक फेल भएको हुनसक्ने प्रहरीले जनाएको छ । साउनेबाट गाईघाटतर्फ आउँदै गरेको अटोको अचानक ब्रेक फेल भई सडक छेउको भित्तामा ठोक्किएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : ४८ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज