विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण « Khabarhub

विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई स्पष्टीकरण सोधेको छ । ऊर्जामन्त्री एवं ललितपुर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो ।

सिंहलाई ऊर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । उक्त दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले आफ्नो सामाजिक सञ्जालमा ललितपुर जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका ऊर्जामन्त्रीविरुद्ध सामग्री राख्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?’ स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले आफ्नो सामाजिक सञ्जालमार्फत ललितपुर जिल्लामा उम्मेदवार रहनुभएको व्यक्तिविरुद्ध निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नुभएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम किन कारबाही हुनु नपर्ने हो रु पत्र प्राप्त भएको २४ घन्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।’

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १२ : ४१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने