सात जना मृत अवस्थामा फेला | Khabarhub Khabarhub

सात जना मृत अवस्थामा फेला


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् । मोरङको मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको भिमफेदी गाउँपालिका-८ कोगटेस्थित दोभान खोलाको ढुङ्गाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका-३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको इटहरी उपमहानगरपालिका-९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका-८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अवस्थामा फेला परेका छन् । तनहुँको देवघाट गाउँपालिका-२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडि रहेको भीरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहानको खाना खाई घर नजिक रहेको बारीमा जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 

काठमाडौंको टोखा नगरपालिका-८ बानियाँटार पुल नजिक हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका-१ साब्चेत सामुदायिक वन र दोरत सामुदायिक वनको सिमानाको जंगलको तीन खापे ढुङ्गाको कप्चेरोमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।    

सुनसरीको धरान उपमहानगरपालिका-१८ सुन्दर बजारमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १ : ३२ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ