बारा निर्वाचन क्षेत्र नं- ४ : त्रिपक्षीय प्रतिस्पर्धा  « Khabarhub

बारा निर्वाचन क्षेत्र नं- ४ : त्रिपक्षीय प्रतिस्पर्धा 


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कलैया– आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सदस्य पदका लागि बारा निर्वाचन क्षेत्र नं ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेकामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमध्ये निर्वाचन क्षेत्र नं ४ मा तनहुँ जिल्लाका पूर्वमन्त्रीसमेत रहेका कृष्णकुमार श्रेष्ठ हाल बारा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीबाट चुनावी मैदानमा उत्रिएका छन भने जसपाबाट ०७४ को निर्वाचनमा विजयी भएका एकवाल मियाँ पुनः पार्टी परित्याग गरी नेकपा (एमाले) बाट चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये इच्छाबहादुर वाग्लेको अवस्था पनि राम्रो रहेकाले श्रेष्ठ, मियाँ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । सो क्षेत्रमा पुरुष ५८ हजार एक सय ५२, महिला ४७ हजार आठ सय १२ र अन्य १६ गरी कुल एक लाख पाँच हजार नौ सय ७० मतदाताका लागि ६१ मतदानस्थलमा एक सय ३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदाताहरुमध्ये राजनीतिक दलबाट १० र स्वतन्त्र १० गरी २० जना चुनावी मैदानमा उत्रिएका छन ।

प्रदेशसभातर्फ (क) मा पुरुष २७ हजार एक सय ८३ महिला २३ हजार तीन सय ६० गरी कुल ५० हजार पाँच सय ३३ मतदाताहरुमध्ये राजनीतिक दलबाट नौ, स्वतन्त्र चार गरी १३ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये एमालेबाट देवनारायण थारू र नेकपा माओवादी केन्द्रबाट क्षेत्रबहादुर श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

यसैगरी प्रदेशसभा (ख) मा पुरुष ३० हजार नौ सय ७९, महिला २४ हजार चार सय ५२ र अन्य ६ गरी कुल ५५ हजार चार सय ३७ मतदाता छन् । जसमा लोकतान्त्रिक समाजवादीका जितेन्द्र सुनार सोनल र जसपाका आत्माराम प्रसाद साहबीच प्रतिस्पर्धा हुने देखिन्छ । जितेन्द्र प्रसाद सोनल विगतका प्रदेशसभाको निर्वाचनमा समेत विजयी  भई मन्त्रीसमेत रहिसकेकाले उनको अवस्था राम्रो रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ०१ बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई