सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ लंकपुरस्थित सडकमा लु.३ च ३११४ नम्बरको स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साइकलयात्री कोटहीमाई गाउँपालिका–१ बस्ने ४५ वर्षीय महेन्द्र भर छन् । उनको सोमबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका-१४ दियालेस्थित सडकमा साउनेबाट गाईघाटतर्फ जाँदै गरेको प्र १-०५-००१ ह ००२७ नम्बरको अटो सोमबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटोमा सवार सवार सोही नगरपालिका-४ बगाहा बस्ने ३३ वर्षीया लिला मगरको ५ वर्षीय छोरा नुजल मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ८ जनामध्ये अटोमा सवार ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अटो चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । 

बाराको पचरौता नगरपालिका-९ टियर पुलस्थित सडकमा कलैयाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बिआर ०५ डि ७३७७ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका-२ श्रीनगर बैरिया बस्ने ४२ वर्षीय रामाधार प्रसाद यादव छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकस्थित सडकमा मे.१ ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार राति मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोल्खरीस्थित सडकमा सु.प.प्र.०१-०१० प १०७१ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।    

रौतहटको मौलापुर नगरपालिका-५ लक्ष्मीनियामा बीआर ०५ भी ८६०४ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००१ स ६६६७ नम्बरको टेम्पो सोमबार राति ठोक्किँदा मोटरसाइकल चालक बारा सिम्रौनगढ नगरपालिका-८ बस्ने ३२ वर्षीय असलम पैठानको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको  छ । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैलालीको गोदावरी नगरपालिका–१ धनगढीमा सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर लालझाडी गाउँपालिका–४ जाँई शिबिर बस्ने ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

गोरखाको गोरखा नगरपालिका–८ बराहा मन्दिरस्थित सडकमा ग.१ त ४८७८ नम्बरको ट्रयाक्टर सोमबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चालक आरुघाट गाउँपालिका–१ मान्बु घर भई गोरखा नगरपालिका–५ सतिपिपल डेरा गरी बस्ने ३६ वर्षीय राजु गुरुङ छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ०७ बजे

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि