‘संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको’ « Khabarhub

‘संविधानको कार्यान्वयन र विकासको जिम्मा गठबन्धनको’


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– पूर्वउपसभामुख तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको सही कार्यान्वयन गर्दै दिगो विकास गर्ने जिम्मा गठबन्धनको काँधमा आएको बताएकी छिन् ।

पाँचदलीय गठबन्धन निर्वाचन प्रचारप्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका-१ को मारङ, २ को अर्घातोष, ३ को खनदह, ४  को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै लामो सङ्घर्षबाट बनेको संविधान र मुलुकका उपलब्धि खारेज गर्नेलाई जिताए देशले हार्ने उनले बताइन् ।  

यस्तै वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रदेशसभा (क) का साझा उम्मेदवार सागर केसीले आफूहरूको जित नै सिङ्गो अर्घाखाँचीको जित हुने धारणा व्यक्त गरे । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार केसीले दल, गुट, समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिँदा जिल्ला पछाडि परेको आरोप लगाए । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता रेवतीप्रसाद भुसाल, डाक्टर रामबहादुर विसी,  बालकृष्ण पाण्डे, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुरकुमार बिक, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर  चौहान, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य गोकर्ण थापा लगायतले मन्तव्य राखेका थिए । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ५९ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६