कमला नदीमा भुतमेला, धामीझाँक्रीको घुइँचो (फोटो फिचरसहित) « Khabarhub

कमला नदीमा भुतमेला, धामीझाँक्रीको घुइँचो (फोटो फिचरसहित)


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रत्येक वर्षजस्तै यस वर्षको कार्तिक पूर्णिमाका अवसरमा कमला नदी किनारमा भुतमेला लागेको छ । पहेँलो धोती र सारी लगाएका नयाँ सिकारू धामी झाँक्रीहरू हातमा अगुल्टोसहित माटोको ढकना र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै कमलान नदी किनारमा भेला भएका छन् । 

सूर्योदयसँगै नदीको पवित्र जलमा डुबुल्की लगाएर नव धामी झाक्रीहरूले गुरुहरूसँग शपथ लिएका छन् । हिजो रातिबाटै नदी किनारमा भगता  खेल्नेहरूको घुँईचो लागेको थियो । देउता खेल्नेहरूसँग रातभरि प्रश्न सोध्ने र गीत गाउने गरिएको थियो । 

‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी’ यस्तै इष्ट देवताहरूको नाम फालाक्दै धामीझाँक्रीहरू मिर्दङ , झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा चर्को स्वरमा कराउँदै नदीमा सपथ ग्रहण गरेको झाक्री रामअवतार महतोले बताए ।

उनले सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरूको आजको दिन घुँइचो लाग्ने गरेको बताए । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थानीयवासीको लागि कार्तिक पूर्णिमामा स्नान गर्ने चलन छ । कमला नदीमा आएर सपथ लिएपश्चात् नव धामीझाँक्रीहरू पाको हुने झाँक्री बिल्टु यादवले बताए ।

हरेक वर्ष कमला नदीमा स्नान गर्न सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत भारतका गाउँहरूबाट समेत सयौं सर्वसाधारण आउँछन् । यसबेला यहाँ मेला नै लाग्ने गर्छ । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : ०४ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’