अख्तियारद्वारा सर्वोच्चमा १२४ मुद्दा पुनरावेदन | Khabarhub Khabarhub

अख्तियारद्वारा सर्वोच्चमा १२४ मुद्दा पुनरावेदन


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । टंगालस्थित आफ्नै कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ वटा मुद्दा पुनरावेदनका लागि सर्वोच्च अदालतमा निवेदन दिएको जनाएको हो । 

विशेष अदालतबाट भएका सफाइ दिने फैसलाप्रति चित्त नबुझेपछि आयोग पुनरावेदनका लागि सर्वोच्च अदालत गएको हो । पुनरावेदन गरिएको १२४ मुद्दामा २५१ प्रतिवादीविरुद्ध ४२ करोड १६ लाख २६ हजार ४६२ बिगो दाबी गरिएको छ । 

राजश्व चुहावट, घुस, सामाजिक सुरक्षाभत्ता हिनामिना, गैरकानुनी सम्पत्ति आर्जन, प्रश्नपत्र गोपनीयता भंग, गलत प्रतिवेदन, झुट्टा बिल भरपाई, नक्कली बैंक ग्यारेन्टी, गुणस्तरीयहीन सामान खरिद लगायत आरोपका मुद्दामा विशेष अदालतबाट सफाइ पाएका उक्त मुद्दालाई पुनरावेदनका लागि आयोग सर्वोच्च अदालत गएको हो । 

न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको गुनासो छ । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : २३ बजे

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।