प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो ।

 खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । जितसँगै पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । खेलमा जितको लागि पुलिसले मधेश प्रदेशलाई २७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मधेश प्रदेश २९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।

मधेश प्रदेशका लागि मोहमद आदिल आलमले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी रत्न रौनकले ११ तथा कप्तान हरिसङ्कर शाहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । मधेश प्रदेशलाई सस्तैमा समेट्नेक्रममा पुलिसका कुलश भुर्तेल एक्लैले ५ विकेट लिए भने करण केसीले  ३ तथा राशिद खानले २ विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २७३ रनको योगफल बनाएको थियो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिहं ऐरीले अर्धशतक प्रहार गरे । आरिफले सर्वाधिक ७३ रनको योगदान दिए भने अमितले ६५ रनको योगदान दिए । 

त्यसैगरी  दीपेन्द्रले ५१ रन जोड्दा दीलिप नाथले ४० तथा सुनिल धमलाले ११ रन बनाए । बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंह र राजेश यादवले समान ३-३ विकेट लिए भने आदील आलमले २ विकेट झारे । जितसँगै पुलिसले चार खेलमा अपराजित रहँदै ८ अङ्क जोड्यो भने समान चार खेल खेलको मधेश प्रदेशले पाँच अंक बनायो । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ४ : ४० बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न