मुख्यमन्त्रीद्वारा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री बर्खास्त | Khabarhub Khabarhub

मुख्यमन्त्रीद्वारा गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानीमन्त्री बर्खास्त


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा आवश्यकता नभएपछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरेको जानकारी दिएका छन् ।

‘मैले मेरो अधिकार प्रयोग गरेको हुँ । हिजो आवश्यक थियो राख्यौं, अहिले भएन हटाएँ,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन् । पत्रमा कुनै कुरा उल्लेख नगरिएपनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।

सोमबार पोखरेल गृहजिल्ला नवलपुर भएका कारण मंगलबार आएर हटाएका हुन् । आचार्यले आफुलाई मन्त्रीबाट हटाएको समेत जानकारी नभएको बताए । ‘के आरोप हो, किन हटाएको हो केही थाहा छैन,’ उनले भने, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’

आचार्यले आफू अब राजनीतिक रुपमा स्वतन्त्र रहेको बताए । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित उनी नयाँ सरकार गठनका बेला मन्त्रीमण्डलमा समावेश थिए । यसअघि पनि सरकारविरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर, डा. बाबुराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो ।

गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ०० बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि