लाओसमा डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो « Khabarhub

लाओसमा डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भेन्टियान – लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मङ्गलबार जारी गरेको प्रतिवेदनले देशमा डेंगु ज्वरोका ४३ नयाँ बिरामी देखिएकोर २२ जनाको मृत्यु भएकोमा बताएको छ ।

सबैभन्दा बढी डेंगुका बिरामी लाओको राजधानी भेन्टियानमा १४ हजार ७८८, लुआङ नम्था प्रान्तमा ४ हजार ३५६ र अटापेउ प्रान्तमा १ हजार ५ सय ७१ जनामा भेटिएका छन् ।

लाओ स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी विधिको रूपमा पाँचवटा सरल उपायहरू सुझाव दिएको छ जुन यस क्षेत्रभरका घरपरिवारले अभ्यास गरिरहेका छन्।

यी उपायहरूमा सबै प्रयोग नगरिएका कन्टेनरहरू बन्द गर्ने र सिल गर्ने, सबै पानीका भाँडाहरू बाहिर खुला नराख्ने, घरवरिपरि सफा राख्ने र साना गप्पी माछाहरू राख्ने जसले लामखुट्टे खाने गर्द्छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ०२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले