निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तरक्रियात्मक हुनुपर्नेमा जोड | Khabarhub Khabarhub

निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तरक्रियात्मक हुनुपर्नेमा जोड


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार क्षेत्रका जानकारले निर्वाचनका समयमा सञ्चारमाध्यम उम्मेदवार र दलका विषयमा बढीभन्दा बढी अन्तक्र्रियात्मक हुनुपर्ने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा उहाँहरुले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायत विषयमा अनुगमन गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले काउन्सिलले जारी गर्ने आचारसंहितामा परिमार्जनसहित अघि बढ्नुपर्ने बताए । उनले सञ्चारमाध्यमलाई आचारसंहिताको परिधिमा रहेर अन्तक्र्रियात्मक गराउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताए । उनले काउन्सिलको गठन संरचनामै त्रुटि रहेको हुँदा यसले गर्ने कामकारबाही र प्रभावकारितामा प्रश्न चिह्न उठ्दै आएको बताए। काउन्सिललाई संसद् मातहत लैजानुपर्ने उनको सुझाव छ ।

प्रेस काउन्सिल नेपालका पूर्वकावा अध्यक्ष किशोर श्रेष्ठले सञ्चारमाध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिए । उनले सञ्चारमाध्यमले गर्ने मत सर्वेक्षण पत्रकार आचारसंहिताको विपरीत भए÷नभएको अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने बताए । उनले निर्वाचनको मिति नजिकिँदै गर्दा पत्रकार स्वयं पार्टी र उम्मेदवारको प्रचारमा लाग्ने गरेको देखिएकाले पत्रकारलाई आचारसंहिताको पालनामा कडाइ गर्नुपर्ने बताए । ‘निर्वाचन आचारसंहिता, २०७९ ले मत सर्वेक्षण गर्न रोक लगाएको छ, यसतर्फ पत्रकार र सञ्चारमाध्यमलाई सचेत गराउनुपर्छ’, उनले भने ।

काउन्सिलका पूर्वकावा अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारलाई स्वनियमनमा रहन र आचारसंहिता पालनामा सजग रहन सतर्कता अपनाउनुपर्ने बताए । उनले काउन्सिललाई स्रोत साधन सम्पन्न गराउन आवश्यक रहेको भन्दै काउन्सिल सञ्चारमाध्यम र पत्रकारको अभिभावक रहेको स्मरण गराए। नेपाल पत्रकार महासङ¬्घ र काउन्सिलले संयुक्त रुपमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पूर्ण परिपालनाका लागि आह्वान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : १५ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्