निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तरक्रियात्मक हुनुपर्नेमा जोड « Khabarhub

निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तरक्रियात्मक हुनुपर्नेमा जोड


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सञ्चार क्षेत्रका जानकारले निर्वाचनका समयमा सञ्चारमाध्यम उम्मेदवार र दलका विषयमा बढीभन्दा बढी अन्तक्र्रियात्मक हुनुपर्ने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा उहाँहरुले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायत विषयमा अनुगमन गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले काउन्सिलले जारी गर्ने आचारसंहितामा परिमार्जनसहित अघि बढ्नुपर्ने बताए । उनले सञ्चारमाध्यमलाई आचारसंहिताको परिधिमा रहेर अन्तक्र्रियात्मक गराउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताए । उनले काउन्सिलको गठन संरचनामै त्रुटि रहेको हुँदा यसले गर्ने कामकारबाही र प्रभावकारितामा प्रश्न चिह्न उठ्दै आएको बताए। काउन्सिललाई संसद् मातहत लैजानुपर्ने उनको सुझाव छ ।

प्रेस काउन्सिल नेपालका पूर्वकावा अध्यक्ष किशोर श्रेष्ठले सञ्चारमाध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिए । उनले सञ्चारमाध्यमले गर्ने मत सर्वेक्षण पत्रकार आचारसंहिताको विपरीत भए÷नभएको अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने बताए । उनले निर्वाचनको मिति नजिकिँदै गर्दा पत्रकार स्वयं पार्टी र उम्मेदवारको प्रचारमा लाग्ने गरेको देखिएकाले पत्रकारलाई आचारसंहिताको पालनामा कडाइ गर्नुपर्ने बताए । ‘निर्वाचन आचारसंहिता, २०७९ ले मत सर्वेक्षण गर्न रोक लगाएको छ, यसतर्फ पत्रकार र सञ्चारमाध्यमलाई सचेत गराउनुपर्छ’, उनले भने ।

काउन्सिलका पूर्वकावा अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारलाई स्वनियमनमा रहन र आचारसंहिता पालनामा सजग रहन सतर्कता अपनाउनुपर्ने बताए । उनले काउन्सिललाई स्रोत साधन सम्पन्न गराउन आवश्यक रहेको भन्दै काउन्सिल सञ्चारमाध्यम र पत्रकारको अभिभावक रहेको स्मरण गराए। नेपाल पत्रकार महासङ¬्घ र काउन्सिलले संयुक्त रुपमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पूर्ण परिपालनाका लागि आह्वान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : १५ बजे

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागूऔषधसहित

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ– करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

सुनसरी– धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं– धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को

तीन दिनपछि खुलेको बिपी राजमार्ग फेरी बन्द

काभ्रेपलाञ्चोक– बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि बिहान १० बजेसम्म