दुई करोड बढीको अवैध सामान नियन्त्रणमा « Khabarhub

दुई करोड बढीको अवैध सामान नियन्त्रणमा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बुटवल- भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले विहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, विहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिकअप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी –८ बरकुलबाट उनीहरुले स्टक बनाएर राखेको गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका बस्तु बरामद गरेको हो ।

प्रारम्भिक तथ्याङक अनुसार २ करोड बण्किो सामान छ । बरामद सबै सामानको तथ्याङक संकलन भइरहेको छ । ती सामान सबै लिलाम हुन्छ भने गोदाममा सामानमात्रै भेटिएकोले संकास्पद व्यक्तिको पहिचान गरी मुद्दा दर्ता हुने प्रमुख पौडेलले बताए ।

बिहानैबाट खटिएको टोली लोकेशन अनुसार नै ती बस्तुहरु नियन्त्रण लिदै गइरहेको थियो । गोदामबाट गइरहेको सामानहरु बाटोमा फेला पारेपछि हामी कपिलवस्तु र रुपन्देही प्रशासनको सहयोगमा गोदाम सम्म पुगेर सामान बरामद गरेको भन्सार प्रमुख पौडेलले भने । सम्भवत बरामद सामान एकै ठाउको यति ठूलो मात्रामा यस क्षेत्रकै पहिलो हो । भैरहवा भन्सार कार्यालयमा आइरहने नियमित सामानहरु नै गोदामबाट बरामद भएको छ ।

अहिले गृहमन्त्री यस क्षेत्रमा केन्द्रित भइरहदा पनि करोडौको सामान बरामद हुन भनेकै सुरक्षाप्रमुखमाथि नै प्रश्न उठेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने पुष्टि हुन्छ । सयौँ सुरक्षा जनशक्ति र संयन्त्र हुदा पनि नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरी माथि शंकाको प्रश्न छ ।

– मोहम्मद हबिब /न्युज कारखाना

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ३७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु