घाँस काट्न गएका पुरुष मृत फेला « Khabarhub

घाँस काट्न गएका पुरुष मृत फेला


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मङ्गलबार सोलुखोलामा भेटिएको हो ।

कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए । त्यसयता उनी बेपत्ता थिए । घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए ।

कार्कीले बोकेको हसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टङ्कबहादुर कार्कीले बर्ताए । घट्नाबारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकिशोर साहले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ५३ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ