निर्वाचनपछि एमालेको सरकार : अध्यक्ष ओली « Khabarhub

निर्वाचनपछि एमालेको सरकार : अध्यक्ष ओली


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा ९एमाले० को सरकार बन्ने बताए । उनले भने, ‘गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा ९एमाले० को सरकार बन्ने निश्चित छ ।’

आज झापाको अर्जुनधारास्थित सुखानीसहित स्मृति पार्क (सालवारी)मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गरे ।

राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने उनको भनाइ थियो । झापा २ मा नेकपा (एमाले) सँगै कुनै प्रतिस्पर्धा हुँदैन अध्यक्ष ओलीले भने, ‘यहाँ उम्मेदवार रहनुभएका देवराज घिमिरे झापाको मात्रै होइन विगत ४८ वर्षदेखि साविक मेची अञ्चलका आधाजसो मानिसको घरघरमा जनताका काम गर्न पुग्नुभएको छ, त्यो अर्थमा पनि उहाँको जित निश्चित छ ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्य पदका उम्मेद्वारद्वय एकराज कार्की र तिलचन पाठकले समेत बताए ।

अध्यक्ष ओली आज साँझ नै आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा पुगेका छन्। अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ०४ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले