तालिबानले पाकिस्तानी नियोगमा सुरक्षा सतर्कता बढायो « Khabarhub

तालिबानले पाकिस्तानी नियोगमा सुरक्षा सतर्कता बढायो


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई पक्षबीच सम्बन्धमा तिक्तता आएको आशंका बढिरहेका बेला अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले पाकिस्तानी नियोगआसपास सुरक्षा सतर्कता बढाएको छ । राजनीतिक एवम् कूटनीतिक रुपमा खतरा उत्पन्न हुनसक्ने भन्दै तालिबानले पाकिस्तानी नियोगआसपास सुरक्षा सतर्कता बढाएको अफगान डायस्पोरा नामक समाचार संस्थाले जनाएको छ ।

यसबाहेक अफगानिस्तानको राजधानी काबुल आसपास शंकास्पद व्यक्तिहरुको गतिविधिलाई पनि तालिबानले निगरानी गरिरहेको जनाइएको छ । काबुलस्थित दूतावाससँगै जलालावाद सहरमा रहेको पाकिस्तानी नियोगमा पनि तालिबानले सतर्कता बढाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पछिल्लो समय पाकिस्तानी पक्षले अफगानिस्तानसँग सीमा छुट्याउने ड्युरण्ड लाइन वारपार बसोबास गर्ने पश्तो समुदायका मानिसहरुलाई निशाना बनाइरहेको बताइएको छ । यसअघि दुई मुलुकका सुरक्षाबलबीच अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा भएको झडपका क्रममा एक अफगान महिलाको ज्यान गएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ०८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा