निर्वाचनलाई सफल तुल्याउन ७२ घण्टा सीमा बन्द गरिने « Khabarhub

निर्वाचनलाई सफल तुल्याउन ७२ घण्टा सीमा बन्द गरिने


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

विराटनगर – आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सो निर्णय गरेको हो ।

भारतको किसनगञ्जमा भएको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित दुवै जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारतको तर्फबाट डिएम श्रीकान्त शास्त्रीसहित एसपी, एसडिएम, सीमाका एसएसवी प्रमुखको सहभागित रहेको थियो ।

बैठकमा लागुऔषध ओसारप्रसारमा नियन्त्रण गर्ने, दुवै देशले आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने तथा संयुक्तरुपमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा गस्ती गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनले सो अवधिमा एम्बुलेन्स आवतजावत गर्न र विवाह भएमा संयुक्तरुपमा समझदारीमा पास दिने निर्णय पनि भएको जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ०८ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ