एपीएफ र राजारानी बेलबारी गोल्डकपको फाइनलमा « Khabarhub

एपीएफ र राजारानी बेलबारी गोल्डकपको फाइनलमा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पथरी – सशस्त्र प्रहरी बलको एपीएफ क्लब र धनकुटाको राजारानी क्लब पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

आज भएको खेलमा सहलेश युवा क्लब सिरहालाई शून्य का विरुद्ध १ गोल गर्दै राजारानी क्लबले फाइनलको यात्रा तय गरेको हो । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोलान्तरले पाखा लगाउँदै एपीएफले फाइनलमा स्थान बनाएको थियो ।

राजारानीका लागि खेलको ७२औँ मिनेटमा सुनिल खड्काले गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो । खड्काले उमेश कार्कीले निकालेको पासमा उत्कृष्ट गोल गरेका थिए । निशान लिम्बूको ठाउँमा मैदान प्रवेश गरेका खड्का र गोलरक्षक पुजन होनाले खेलमा उत्कृष्ट प्रदर्शन गरे ।

खेलको ५३औँ मिनेटमा राजारानीले सुरुआती अग्रता लिने मौका गुमाएको थियो । सहलेशका गोलरक्षक विशाल सुनारले राजरानीका मार्टिनलाई लडाएपछि पाएको पेनाल्टीमा राजारानीका टेकराज बुढाथोकी चुकेका थिए । मार्टिनेको वान भर्सेस वान बललाई फल गर्न पुगेका सहलेशका गोलरक्षक सुनारले टेकराज बुढाथोकीको पेनाल्टी विफल पारिदिए ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका होना म्यान अफ दी म्याच घोषित हुँदै रु पाँच हजार पुरस्कार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको फाइनल बुधबार हुँदैछ । प्रतियोगिताको विजेता टोलीले रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई रु १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : २५ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक