एपीएफ र राजारानी बेलबारी गोल्डकपको फाइनलमा « Khabarhub

एपीएफ र राजारानी बेलबारी गोल्डकपको फाइनलमा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पथरी – सशस्त्र प्रहरी बलको एपीएफ क्लब र धनकुटाको राजारानी क्लब पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

आज भएको खेलमा सहलेश युवा क्लब सिरहालाई शून्य का विरुद्ध १ गोल गर्दै राजारानी क्लबले फाइनलको यात्रा तय गरेको हो । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोलान्तरले पाखा लगाउँदै एपीएफले फाइनलमा स्थान बनाएको थियो ।

राजारानीका लागि खेलको ७२औँ मिनेटमा सुनिल खड्काले गोल गरेका थिए । सोही गोल नै निर्णायक बन्यो । खड्काले उमेश कार्कीले निकालेको पासमा उत्कृष्ट गोल गरेका थिए । निशान लिम्बूको ठाउँमा मैदान प्रवेश गरेका खड्का र गोलरक्षक पुजन होनाले खेलमा उत्कृष्ट प्रदर्शन गरे ।

खेलको ५३औँ मिनेटमा राजारानीले सुरुआती अग्रता लिने मौका गुमाएको थियो । सहलेशका गोलरक्षक विशाल सुनारले राजरानीका मार्टिनलाई लडाएपछि पाएको पेनाल्टीमा राजारानीका टेकराज बुढाथोकी चुकेका थिए । मार्टिनेको वान भर्सेस वान बललाई फल गर्न पुगेका सहलेशका गोलरक्षक सुनारले टेकराज बुढाथोकीको पेनाल्टी विफल पारिदिए ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका होना म्यान अफ दी म्याच घोषित हुँदै रु पाँच हजार पुरस्कार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको फाइनल बुधबार हुँदैछ । प्रतियोगिताको विजेता टोलीले रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई रु १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : २५ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ