दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते « Khabarhub

दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको छ । आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको हो ।
आक्रमणमा घाइते भएका अर्का एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले एक दर्जन राउण्ड गोली र एक एम–१६ असल्ट राइफल बरामद गरेको छ । उनीहरूले आक्रमणको कारण र गोली प्रहार गर्नेहरूको पहिचानबारे अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : १४ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित