दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते « Khabarhub

दक्षिणी फिलिपिन्समा गोली चल्दा चार जनाको मृत्यु, एकजना घाइते


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको छ । आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको हो ।
आक्रमणमा घाइते भएका अर्का एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले एक दर्जन राउण्ड गोली र एक एम–१६ असल्ट राइफल बरामद गरेको छ । उनीहरूले आक्रमणको कारण र गोली प्रहार गर्नेहरूको पहिचानबारे अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : १४ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ