गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : केपी ओली | Khabarhub Khabarhub

गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : केपी ओली


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गौरादह – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन् । उनले सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीणस्तरसम्म पु¥याउनुपर्ने बताए ।

झापाको दमकमा आज सहकारीकर्मीेसँगको अन्तक्रियामा अध्यक्ष ओलीले विकसित मुलुक बनाउनका लागि दीगो विकासको लक्ष्य हासिल गरे मात्र गरिबीबाट मुक्त हुने बताए । उनले सन् २०३० भित्र १७ लक्ष्य र एक सय ६९ सहायक लक्ष्य प्राप्त गरी मुलुक विकसित राष्ट्र बन्नुपर्ने बताए । एमालेको अर्थतन्त्रसम्बन्धी नीति अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ थियो ।

‘एमालेले नेपालको अर्थतन्त्र उठाउन तीन खम्बे अर्थ नीति लिएको छ’, अध्यक्ष ओलीले भने । उनले सहकारीलाई छुट्टै प्राथमिकतामा राखेर अर्थतन्त्रको खम्बाका रुपमा राखिनुपर्ने बताउनुभयो । प्रविधिको सहकार्य सहकारीमार्फतबाट अरुले पनि प्राप्त गर्नुपर्ने उनको धारणा थियो । अध्यक्ष ओली दुईदिने कार्यक्रममा सहभागी हुन आज झापा आएका हुन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : २३ बजे

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित