गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : केपी ओली « Khabarhub

गरिबी न्यूनीकरणका लागि सहकार्य आवश्यक छ : केपी ओली


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गौरादह – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरिबी न्यूनीकरणका लागि सहकारीले ग्रामीण क्षेत्रमा ध्यान दिन आग्रह गरेका छन् । उनले सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीणस्तरसम्म पु¥याउनुपर्ने बताए ।

झापाको दमकमा आज सहकारीकर्मीेसँगको अन्तक्रियामा अध्यक्ष ओलीले विकसित मुलुक बनाउनका लागि दीगो विकासको लक्ष्य हासिल गरे मात्र गरिबीबाट मुक्त हुने बताए । उनले सन् २०३० भित्र १७ लक्ष्य र एक सय ६९ सहायक लक्ष्य प्राप्त गरी मुलुक विकसित राष्ट्र बन्नुपर्ने बताए । एमालेको अर्थतन्त्रसम्बन्धी नीति अहिलेसम्मकै उत्कृष्ट रहेको उनको भनाइ थियो ।

‘एमालेले नेपालको अर्थतन्त्र उठाउन तीन खम्बे अर्थ नीति लिएको छ’, अध्यक्ष ओलीले भने । उनले सहकारीलाई छुट्टै प्राथमिकतामा राखेर अर्थतन्त्रको खम्बाका रुपमा राखिनुपर्ने बताउनुभयो । प्रविधिको सहकार्य सहकारीमार्फतबाट अरुले पनि प्राप्त गर्नुपर्ने उनको धारणा थियो । अध्यक्ष ओली दुईदिने कार्यक्रममा सहभागी हुन आज झापा आएका हुन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : २३ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि