‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न « Khabarhub

‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ सम्पन्न भएको छ । नेपाल सरकार, गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्पन्न ‘प्रदेशस्तरीय सुरक्षा गोष्ठी’ को उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले गरे ।

कार्यक्रममा उनले कर्णालीको भौगोलिक विकटता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर हेलिकोप्टर प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘चुनाव नजिकिँदैछ । हामी यसलाई शान्त, धाँधलीरहित र व्यवस्थित तवरले सम्पन्न गर्ने कुरामा केन्द्रित छौँ’, उनले भने।

गोष्ठीमा गृहसचिव विनोदप्रकाश सिंहले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले राखेको रिपोर्टअनुसार शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताए। सचिव सिंहले भौगोलिक विकटता र सुरक्षा चुनौतीको सामनाका लागि अहिलेदेखि नै पूर्वतयारी गर्न प्रजिअहरूलाई निर्देशन दिए ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सुरक्षाको समन्वयकारी गोष्ठी भए पनि चुनावमा केन्द्रीत रहेको बताए । जिल्लाका प्रजिअसहित सुरक्षा प्रमुखहरूले चुनावमा मतपेटिका कसरी सुरक्षित गर्ने र हिमपात हुने ठाउँबाट कसरी उठाउने भन्ने जस्ता समस्या उठाएको उनले जनाए।

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ३३ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि