शङ्कर पोखरेलद्वारा सङ्कल्पपत्र सार्वजनिक « Khabarhub

शङ्कर पोखरेलद्वारा सङ्कल्पपत्र सार्वजनिक


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) दाङ क्षेत्र नं २ ले आसन्न मङ्सिर ४ गतेको निर्वाचन लक्षित चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । एमाले दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार शङ्कर पोखरेल, प्रदेशसभा सदस्यतर्फ २ (१) का उम्मेदवार बलिभद्र राना र २ (२) का उम्मेदवार गिरीराज केसीले आज घोराहीमा संयुक्तरूपमा सङ्कल्पपत्र सार्वजनिक गरेका छन्।

‘हामी बनाउँछौँ हाम्रो दाङ, गर्छौँ सूर्यमा मतदान’ भन्ने नाराका साथ सङ्कल्पपत्र सार्वजनिक गरिएको हो । आगामी पाँच वर्षभित्रमा समृद्ध दाङ निर्माणका लागि मुख्य गरी २३ बुँदामा सङ्कल्प तयार पारिएको छ । कूल २८ पृष्ठको पत्रमा प्रदेश राजधानी कार्यान्वयनदेखि नागरिकको जीवन सुधारका कुरालाई मुख्यरूपमा समेटिएको छ ।

दाङ प्रादेशिक राजधानी कार्यान्वयन, हामी बनाउँछौँ हाम्रो दाङ, समृद्ध दाङ एमाले अभियान, भौतिक पूर्वाधार दाङ समृद्धिको आधारअन्तर्गत डोल्पासम्मको सडक विस्तार र दाङका सबै सडकको स्तरोन्नति, सहरीकरण बस्ती विकास, समृद्धिको प्रमुख आधार, संस्कृति तथा पर्यटन आर्थिक विकासको प्रवद्र्धन, सबैका लागि गुणस्तरीय शिक्षासँगै दक्ष जनशक्ति र गुणस्तरीय शिक्षा दङ्गाली जनताको अपेक्षा, गुणस्तरीय स्वास्थ्य र खाना, निरोगी हुने जनताको चाहना अनुरुप आधार स्वास्थ्य सेवाको ग्यारेन्टी गरिएको छ ।

कृषिमा यान्त्रिकीकरण सिँचाइ, समयमा मल बीउ र किसानलाई प्रोत्साहन गर्न कृषि र पशुपालन जीवनस्तर, आन्दोलन र औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्रको विकास स्वाधीन अर्थतन्त्रको सर्वोत्तम निकास, खेतीयोग्य जमिनमा पाँच वर्षभित्र सबैलाई विद्युत् र खानेपानीमा पहुँच पु¥याउन विद्युत्, जलस्रोत र खानेपानी स्वास्थ्य र समृद्ध जिन्दगी, वनको संरक्षण गरी काष्ठ र जडीबुटी उत्पादन गर्न जडीबुटी वन र वातावरण समुन्नत र दीगो पर्यावरण, भूउपयोग नीति तयार पार्दै भूउपयोगको आधार कृषि र आवासको सुधार, उद्यमशीलता, श्रम र रोजगार जनताको अधिकार स्थापित गर्न स्वरोजगारी सिर्जना गरी सामाजिक सुरक्षाको प्रत्याभूति दिलाइने सङ्कल्पपत्रमा उल्लेख छ ।

युवा खेलकुदको विकास गर्दै युवालाई विदेश पलायन हुनबाट रोक्न खेलकुद पूर्वाधार समयमै सम्पन्न गर्ने, युवा स्वरोजगार र सूचना केन्द्र स्थापना गरिने, ज्येष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्तामा वृद्धि, दाङका महिला विकासमा पहिला भन्ने नारा सार्थक बनाउन महिला हिंसामा शून्य सहनशीलता अपनाइने पनि सङ्कल्पपत्रमा उल्लेख गरिएको छ ।

बालबालिकाको चौतर्फी विकासका लागि बालअधिकार ग्यारेन्टी, दलित तथा जनजातिको परम्परागत सिपको विकासको आधुनिकीकरण र परिचालनका लागि हेपिएकालाई मान तथा दलित जनजातिलाई सम्मान, अपाङ्गमैत्री संरचना निर्माण र रोजगारी प्रवद्र्धन गरिने, भूमिहीन सुकुम्वासीहरुको वर्षांैदेखिको सपना पूरा गर्न आगामी दुई वर्षभित्रमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गरिने सङ्कल्पपत्रमा उल्लेख छ ।

सूचना तथा सञ्चारमा सबै विद्यालयमा इन्टरनेट सुविधासहितको शिक्षा, भ्रष्टाचारमुक्त प्रशासन बनाउन चुस्त, जवाफदेही र पारदर्शी जवाफदेही प्रशासनमा जोड दिइएको छ । कला, साहित्य सङगीतको उन्नयनका लागि संरक्षण र प्रवद्र्धन गरिने, नागरिकको सुरक्षित जीवनका लागि सुरक्षित बस्ती विपद् जोखिम न्यूनीकरणका काम गरिने उल्लेख छ ।

सङ्कल्पपत्र घोषणा कार्यक्रममा पार्टीका महासचिवसमेत रहनुभएका उम्मेदवार पोखरेलले हिजोका दिनमा आफू सरकारमा रहँदा गरेका काम जनताको हितमा जोडिएको उल्लेख गर्दै तय गरिएका लक्ष्य पूरा गर्ने अठोटका साथ जनताको बीचमा ताजा जनादेश लिन आएको बताए ।

उनले एमालेले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गर्दै विविधताबीचको एकता र सद्भावलाई संरक्षण एवं प्रवद्धन गर्दै आएको बताए।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ५० बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि