म्याद सकिनुअघि श्रम स्वीकृति नवीकरण गर्न आग्रह « Khabarhub

म्याद सकिनुअघि श्रम स्वीकृति नवीकरण गर्न आग्रह


२२ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि कतारमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न दोहास्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट हुने भन्दै नवीकरण गर्न भनेको हो ।

वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घटनामा परि गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाइन्छ। साथै विदेश जानु पूर्व श्रम स्वीकृति लिने बेलै गरेको बिमा रकम पनि रकम पाइन्छ ।

पछिल्लो समय श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिन्छ । वैदेशिक रोजगार विभागको वेबसाइट लग इन गरी संसारको जुनसुकै देशबाट पनि श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिन सकिन्छ ।

यस्तै श्रम स्वीकृति लिँदा कल्याणकारी कोष र बिमाबापत तिर्नु पर्ने रकम आफू रहेकै देशबाट आफ्नो बैङ्क खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्डमा र बिमा कम्पनीहरूको खातामा सोझैँ पठाउन सकिन्छ ।

श्रम नवीकरण गर्नका लागि सिस्टममा लगइन गर्दा पासवर्ड बिर्सिएमा आफ्नो राहदानीको प्रतिलिपिसहित दूतावासमा इमेल गर्न सकिने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमध्ये ११ हजार ९० जना महिला छन् । ठूलो संख्यामा नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : १० बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा