म्याद सकिनुअघि श्रम स्वीकृति नवीकरण गर्न आग्रह « Khabarhub

म्याद सकिनुअघि श्रम स्वीकृति नवीकरण गर्न आग्रह


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि कतारमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न दोहास्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भएमा कानुन अनुसार पाउने सेवा सुविधाबाट हुने भन्दै नवीकरण गर्न भनेको हो ।

वैदेशिक रोजगारीको क्रममा श्रम अवधि भित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घटनामा परि गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता पाइन्छ। साथै विदेश जानु पूर्व श्रम स्वीकृति लिने बेलै गरेको बिमा रकम पनि रकम पाइन्छ ।

पछिल्लो समय श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिन्छ । वैदेशिक रोजगार विभागको वेबसाइट लग इन गरी संसारको जुनसुकै देशबाट पनि श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिन सकिन्छ ।

यस्तै श्रम स्वीकृति लिँदा कल्याणकारी कोष र बिमाबापत तिर्नु पर्ने रकम आफू रहेकै देशबाट आफ्नो बैङ्क खाताबाट नेपालमा रहेको वैदेशिक रोजगार बोर्डमा र बिमा कम्पनीहरूको खातामा सोझैँ पठाउन सकिन्छ ।

श्रम नवीकरण गर्नका लागि सिस्टममा लगइन गर्दा पासवर्ड बिर्सिएमा आफ्नो राहदानीको प्रतिलिपिसहित दूतावासमा इमेल गर्न सकिने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कानुनी रुपमा कार्यरत छन्। जसमध्ये ११ हजार ९० जना महिला छन् । ठूलो संख्यामा नेपाली कामदार निर्माण क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ७ : १० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका