मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी « Khabarhub

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबी समझदारी


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ। स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो।

समझदारी गर्ने निर्णयसँगै लिथुवानियाबाट आएका टोलीले बुधबार प्रतिष्ठानअन्तर्गतको अस्पताल निरीक्षण तथा अवलोकनसमेत गरेको छ। त्यसक्रममा टोलीका सदस्यहरुले प्रतिष्ठानअन्तर्गत दिइने सेवाका विषयमा जानकारी समेत लिएका छन्। त्यसैगरी दुवै पक्ष एक अर्कालाई आ–आफ्नो अनुभव, विचार र दक्ष व्यक्तिको आदानप्रदानका विषयमा परामर्शसमेत गरियो।

यो समझदारीबाट प्रतिष्ठानको सेवामा स्तरीयताका लागि सहयोग हुने प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहले बताए। प्रतिष्ठानबाट हुने विभिन्न अनुसन्धानको काममा समेत यो विश्वविद्यालय सहयोग गर्ने उनको भनाइ छ। समझदारी कसरी कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच गहन परामर्श भएकोसमेत प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा भिलनियस विश्वविद्यालयका प्रतिनिधिसहित प्रतिष्ठानका रजिष्ट्रार डा विनोद यादवसहितको उपस्थिति थियो।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ९ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका