भीम अस्पतालको सेवामा सुधार  | Khabarhub Khabarhub

भीम अस्पतालको सेवामा सुधार 


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बेलहिया– रूपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्डको लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचकाङ्ककाे आधारमा गरिएको मूल्यांकनबाट अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता उल्लेखनीय सुधार देखिएको हो । एमएसएसले सरकारी अस्पतालको गुणस्तरीयता मापन गर्ने गर्दछ । भैरहवामा सार्वजनिक गरिएको तथ्यांकमा भीम अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता अब्बल देखाइएको हो । 

स्वास्थ्य मन्त्रालयले ५० शय्या क्षमता भएका अस्पताललाई क वर्गमा स्तरीकरण गरी प्रदेश सरकार मातहत राख्ने गरेको छ । सोहीअनुसार क वर्गमा रहेका लुम्बिनी प्रदेशका १२ अस्पतालमध्ये भीम अस्पताल एमएसएसको मूल्याङ्कनमा दोस्रो नम्बरमा परेको हो । एमएसएस मूल्याङ्कन समितिका संयोजकसमेत रहेका स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा विनोद गिरीले भने, ‘भीम अस्पतालले विगत एक वर्षको तुलनामा आफूलाई अत्यन्तै सुधारेको एमएसएसबाट देखिएको छ ।’

एमएसएस लुम्बिनी प्रदेशका फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा एमएसएस मूल्यांकनको सय अंकमा ९५ अंक प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ८८ अंक प्राप्त गरी भीम अस्पताल दोस्रो भएका हुन् । यसैगरी नेपालभरीका क वर्गका अस्पतालको मूल्याङ्कनमा भीम अस्पताल पाँचौँ भएको छ । एक वर्ष अगाडिसम्म एमएसएसमा ५६ अङ्क प्राप्त गरेको यस अस्पतालले एक वर्षमा आफूलाई सुधारेर ८८ अङ्कमा पुर्‍याउनमा सबै पक्षीय सहयोग र सहकार्यले सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।

विसं १९९० मा स्थापना भएको भीम अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल हो । दक्ष जनशक्तिको अभावबीच पनि अस्पतालको सेवामा उल्लेख्य सुधार हुनु सकारात्मक रहेको जिल्ला समन्वय समिति रूपन्देहीकी प्रमुख उमाकान्त चपाईँले बताए। उनले भने, ‘दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक, कर्मचारी नहुँदा पनि अस्पतालले सेवाको गुणस्तरीयता र अन्य क्षेत्रमा गरेको प्रगतिले राम्रो सन्देश दिएको छ ।’

अस्पतालको सेवामा अझै पनि क्लिनिकल सेवामा अल्ट्रासाउन्ड र रेडियोलोजी सेवा प्रवाहमा कमजोरी देखिएको छ भने अन्य सेवामा राम्रो सेवा देखिएको छ । वर्षमा एक लाख सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेको यस अस्पतालले सात वटा ओपिडी सेवासहित २४ घन्टा चिकित्सकीय सेवा प्रदान गरिरहेको अस्पतालको मेडिकल सुपरिटेन्डेट डा. सकुन्तला गुप्ताले बताए । 

भीम अस्पताललाई आगामी वर्ष एमएसएसको मूल्याङ्कनमा एक नम्बर श्रेणीमा पुर्‍याउन आवश्यक सबै किसिमको सहयोग गर्ने सिद्धार्थनगरका प्रमुख ईस्तियाक अहमद खानले बताए। ‘हाम्रो नगरका लागि यो अस्पताल सबैभन्दा भरपर्दो स्वास्थ्य सेवा प्रदायक संस्था बनाउन जे सहयोग गर्न पर्छ हामी तयार छौँ’, उनले भने, ‘विस्तृत योजना हामीलाई दिनुहोस् आवश्यक बजेटको व्यवस्थापन हामी गर्छौ । अहिले जुन गतिमा प्रगति भइरहेको छ त्यो राम्रो छ ।’ लुम्बिनी प्रदेशका अस्पतालको मूल्याङ्कन गर्दा भीमले गरेको कार्य प्रशंसनीय नै रहेको स्वास्थ्य निर्देशनालयको इम्प्लिमेन्टेशन अफीसर विनिता काफ्लेले बताए । 

पर्याप्त दक्ष जनशक्ति अभाव हुँदा पनि यस अस्पतालको सेवा प्रवाह राम्रो देखिएको न्यूनतम मापदण्ड मूल्याङ्कन समितिको प्रतिवेदनमा उल्लेख छ । हाल अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि दुई जना मात्रै कार्यरत रहेको अस्पतालको मेसु डा गुप्ताले बताएका छन्। उनका अनुसार नौ जना नेपाल सरकारको छात्रावृत्तिबाट आएका र एकजना विकास समितिमार्फत काम गरिरहेका छन् ।

स्वीकृत दरबन्दीअनुसारकाे दक्ष चिकित्सक र कर्मचारीको लागि बारम्बार पहल गरिएको डा गुप्ताले बताए। ‘भन्न पर्ने सबै ठाउँमा भनेका छौँ, तर जनशक्ति पठाइएको छैन’, उनले भने, ‘हामी जति जना छौँ त्यतिले सकेको समय दिएर सेवा पुर्‍याएका छौँ ।’ उक्त अस्पतालमा यसैगरी १४ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा चार जना नेपाल सरकारबाट प्राप्त भएको छ । आठ जना छात्रावृत्तिका मेडिकल अफिसरले सेवा दिइरहेका छन् । यसैगरी नर्सिंङ स्टाफमा पनि ४६ जनाको दरबन्दी रहेकोमा सात जना मात्रै नेपाल सरकारबाट खटाइएको छ । बाँकी २१ जना छात्रावृत्तिमा र छ जना विकास समितिबाट राखिएको छ । यसैगरी पारामेडिक्समा १३ जनाको दरबन्दी रहेकोमा तीन जना मात्रै खटाइएको भने चार जना विकास समितिबाट कार्यरत रहेका छन् । जिल्लाको धकधई, मर्चवार, लुम्बिनी, कपिलवस्तु, परासी, सिद्धार्थनगर, मायादेवि, सियारीलगायत ग्रामीण क्षेत्रका जनता स्वास्थ्य सेवा लिन आउने गर्दछन् ।

–नरेश केसी रासस

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  १२ : ३२ बजे

यु-२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिले भेटे अर्थमन्त्री पुनलाई 

काठमाडौं– नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको

महिला नेतृत्वको जलविद्युत आयोजनामा थप कर छुट माग

काठमाडौं – महिलाले नेतृत्व गरेको जलविद्युत आयोजनामा थप कर छुट

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

तेहरान– इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई

चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी

एजेन्सी- आसन्न लोकसभा चुनावको प्रचारका क्रममा भारतका एकजना केन्द्रीय मन्त्री